खेलकुद

ललितपुर एनएसएल २ को फाइनलमा

By admin

December 28, 2023

काठमाडौँ । नेपाल सुपर लिग २ अन्तर्गत दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी फुटबल क्लबले उपाधि भिडन्तमा स्थान बनाएको छ ।

 

दशरथ रंगशालामा अतिरिक्त समयसम्म लम्बिएको खेलमा २-१ को रोमान्चक जित दर्ता गर्दै ललितपुर फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमै १० खेलाडीमा सिमित ललितपुरले खेलको ९० मिनेटभन्दा बढी समय कम खेलाडीमा खेले पनि जित दर्ता गर्यो ।

 

खेलको ३३औं मिनेटमा निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा सीमित भएको थियो । त्यसका बाबजुद पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले ललितपुरलाई अग्रता दिलाए ।

 

दोस्रो हाफमा पापा अनोरले पोखराका लागि बराबरी गोल फर्काए । अतिरिक्त समयको पहिलो हाफमा कुशल देउवाले गोल गर्दै ललितपुरलाई अघि बढाएका थिए । ललितपुरले जित हासिल गरेसँगै अब उपाधिका लागि धनगढी र ललितपुरले खेल्नेछन् । फाइनल शनिबार हुनेछ ।

 

९९औं मिनेटमा ललितपुरले खेलमा पुनः अग्रता लिन सफल भयो । ओमोलाजा करिमको फ्रिकिकमा अनन्तको हेडर पश्चात पोखराको डिफेन्सले बल क्लियर गर्न नसकेपछि कुशल देउवाले गोल गर्दै खेलमा ललितपुरलाई पुनः अग्रता दिलाएका थिए । बाँकी थप ३० मिनेटकाे समयमा दुवै टाेलीले गाेल गर्न सकेनन् ।

 

अन्ततः ललितपुरले साविक उपविजेता धनगढी एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यस पटककाे उपाधि नयाँ टाेलीले रक्षा गर्ने पक्का भएकाे छ ।