समाज

झापाको कनकाई बगरमा एक महिलाको शव फेला

By admin

January 05, 2024

बिर्तामोड । झापाको शिवसताक्षी १० माईधारस्थित कनकाई खोलाको किनार (बगर)मा एक महिलाको शव भेटिएको छ ।

 

मृतकको नाम, थर र ठेगाना नखुलेकी अन्दाजी ४५-५० वर्षीया पहाडी समुदायकी महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

हेर्दा मागी खाई हिँड्ने जस्तो देखिने उक्त महिलाको शव कानुनी प्रक्रिया पूरा पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।