बुधबारे । झापाको बुद्धशान्ति गाउँपाकिलामा आयोजित बुद्धशान्ति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि अर्जुनधाराको शनिश्चरे फुटबल क्लबे जितेको छ ।
शनिबार भएको फाइनल खेलमा आदर्श युथ क्लब बुधबारेलाई २-० गोलले पराजित गर्दै शनिश्चरेले उपाधि रक्षा गरेको हो । शनिश्चरेका लागि देवेन्द्र तामाङ र निमा तामाङले गोल गरेका हुन् ।
उपाधि विजेता शनिश्चरेले नगद ५५ हजारसहित ट्रफी पायो भने उपविजेता बुधबारेले नगद २५ हजारमा चित्त बुझाएको छ । खेलको म्यान अफ दी म्याच देवेन्द्र तामाङ भए ।