समाज

आजको मौसमः वर्षा र हिमपातको सम्भावना

By admin

January 15, 2024

झापा । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ ।

 

यही कारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश स्थानमा हुस्सु, कुहिरो लागेको छ ।

 

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 

कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

रातिको समयमा पनि कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का वर्षा तथा हल्का हिमपातको सम्भावना छ ।