समाज

झापाकी दौपती दुई वर्षीय छोरासहित बेपत्ता

By admin

January 15, 2024

बिर्तामोड । झापा शिवसताक्षी नगरपालिका ५ स्थित भेलामनी निवासी २६ वर्षीय दौपती ताजपुरिया गत पुस २६ गतेदेखि बेपत्ता भएकी छिन् । दुई वर्षीय छोरा रोहण ताजपुरियासहित उनी बेपत्ता भएपछि उनका परिवार चिन्तित बनेका छन् ।

 

घरबाट २६ गते बिहीबार बिहान १० बजे माइत जान्छु भनेर घरबाट निस्किएकी ताजपुरिया हालसम्म सम्पर्कमा नआएको उनका ससुरा भानुदेव ताजपुरियाले बताए। कालो ज्याकेट र कुर्था सुरुवाल र जम्परजस्तो स्वीटर लगाएर घरबाट हिँडेकी दौपतीको खोजीका लागि माइती पक्ष पनि लागिपरेको उनले बताए ।

 

छोरा रोजगारीका लागि वैदेशिक रोजगारीमा रहेको बताउँदै बुहारीलाई कसैले देखेको खण्डमा नजिकको प्रहरी कार्यालय, शिवसताक्षी नगरपालिका ५ नम्बर वडा कार्यालय वा मोबाइल नम्बर ९८१५९७६७६८ मा सम्पर्क गरिदिनुहुन उनले अनुरोध गरेका छन् ।

 

५ फुट उचाइकी गहुँगोरो वर्णकी भएकी दौपतीको छोरोसमेत गहुँगोरै वर्णको रहेको उनको भनाइ छ । आफ्नी बुहारी हराएपछि उनले हुलियासहित प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।