खेलकुद

शनिश्चरे मावि कृष्ण डाँगी स्मृति कपको फाइनलमा

By admin

January 22, 2024

शनिश्चरे । झापाको अर्जुनधारा ११ स्थित महारानीगञ्ज माविको खेलमैदानमा जारी स्व कृष्णप्रसाद डाँगी स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा शनिश्चरे माविले भानु माविसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

 

आज भएको अन्तिम सेमिफाइनल खेलमा जनता मावि अर्जुनधारा ३ लाई टाइब्रेकरमा ३-२ गोलअन्तरमा पराजित गर्दै अर्जुनधारा ८ को शनिश्चरेले फाइनमा स्थान बनाएको हो ।

 

खेलको म्यान अफ दी म्याच शनिश्चरेका गोलरक्षक दिपेश चौधरी बने । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष्क्ष भगिरथ आले मामा र विव्यसका पूर्व अध्यक्ष लवकुश गौतमले नगद प्रदान गरे ।

 

माघ १५ गते हुने फाइनल प्रतियोगिताको विजेताले नगद २० हजार र उपविजेताले १० हजार पाउने छ । महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता सम्पन्न गर्न दिवंगत डाँगीका छोरा सालबारी निवासी अरुणकुमार डाँगीले आर्थिक सहयोग गरेका छन् ।