खेलकुद

फागुन १२ गतेबाट पाँचथर गोल्डकप हुने

By admin

January 24, 2024

पाँचथर । पाँचथर गोल्डकपको चौंथो संस्करण हुने भएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेला मार्फत जानकारी दिएको हो । करिब चार वर्षपछि यो प्रतियोगिता फेरि हुन लागेको हो ।

 

अन्तिम पटक २०७६ को चैतमा भएको यो प्रतियोगिता त्यसपछि विभिन्न कारणले रोकिँदै आएको थियो । प्रतियोगित फिदिम माबिको खेलमैदानमा हुनेछ ।

 

आयोजकले यसपटक प्रतियोगिता फागुन १२ गतेदेखि १९ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा एक विदेशी क्लबसहित ८ टिमको सहभागिता हुने बताइएको छ । प्रतियोगितामा सहभागी टिमको टुङगो भने लागिनसकेको आयोजक क्लबका सचिव योगराज सेढाइले जानकारी दिए ।

 

उनका अनुसार मोफसलका झापा, मोरङसहित ए डिभिजन लिग खेल्ने टिम र एनएसएल खेल्ने टोलीहरुलाई सहभागी गराउने प्रयास भइरहेको छ । प्रतियोगिताको विजेताले ५ लाख ५ हजार, दोस्रोले दुई लाख २२ हजार रुपैयाँ पुरस्कार पाउनेछन ।

 

सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक बिमा गरिएको आयोजकले जनाएको छ ।