समाज

कनकाई सिँचाइको नहरमा डुबेर बृद्धको मृत्यु

By admin

March 08, 2024

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका भएर बग्ने कनकाइ सिँचाइकाे नहरमा एकजना बृद्धको डुबेर मृत्यु भएको छ ।

 

बिहीबार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ स्थित धौले चोकबाट घरतर्फ जाने क्रममा कनकाई सिँचाइको नहरमा डुबेर ८४ वर्षीय केदारनाथ बुढाथोकीको मृत्यु भएको हो।

 

स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई दिएको जानकारीअनुसार बुढाथोकी धौली चोकबाट घरतर्फ पैदल जाँदै थिए। त्यसक्रममा उनी नहरमा चिप्लिएर पसेको स्थानीयले बताए ।