समाज

उदयपुरकाे मैनामैनीमा बाेलेराे दुर्घटना: ८ जनाको मृत्यु, ९ जना घाइते

By admin

March 14, 2024

विराटनगर । उदयपुरको बेलका नगरपालिका ७ मेनामैनीमा बोलेराे दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजे भएको दुर्घटनामा परी ९ जना घाइते भएका छन् ।

 

सुनसरीको धरानबाट भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोलेरोमा सवार रहेका ७ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

 

मृतकमध्ये चालक हतुवागढी गाउँपालिका २ का ४० वर्षीय मानबहादुर बस्नेत, हतुवागढी गाउँपालिका ५ का ४२ वर्षीय किसन राई छन् । यसैगरी हतुवागढी २ का चन्द्रप्रकाश राई, हतुवागढी ५ का रामकुमारी राई (ममता), बराहक्षेत्र ३ का पदमबहादुर थापा, हतुवागढी २ का नाबालक दिशान राई रहेका छन् ।

 

यसैगरी इटहरी निवासी कमला अधिकारी, हतुवागढीका पर्वतमाया राईको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेपछि उपचारका लागि भर्ना भएका किसन राईको घोपामा उपचारका क्रममा मृत्यु भएको हो ।

 

दुर्घटनामा विशेष पराजुली कानेपोखरी, शारदा राई, मिनु राई, शान्तिकला राई, सबिना परियार, गायत्री थापा कटुवाल, रमा थापा सुशील परियार, कुलबुङ्ग राई र निकिता कटुवाल घाइते रहेको बताइएको छ ।