समाज

अर्जुनधारामा साडे ४ केजी गाँजासहित तीन जना पक्राउ

By admin

March 16, 2024

बिर्तामोड । झापाको अर्जुनधारामा लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा र कचनकवलका छन् ।

 

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ६ मा ४ केजी ६५० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार स्थानीय ७४ वर्षीय भरोसी यादव, ३९ वर्षीय गोपाल यादव र कचनकवल गाउँपालिका ७ का २७ वर्षीय अरबिन भट्टराईलाई पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।