झापा । झापाको मेचीनगर नगरपालिका १३ चारआलीको इलाम रोडबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा शनिबार साँझ साढे ७ बजे इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो झापाबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिकाका २ जनालाई पक्राउ गरेको हो ।
मे. ३ प १०२४ नम्बरको मोटरसाइकलमा सवार झापाको बुद्धशान्ती गाँउपालिका ३ का २९ वर्षीय भिमबहादुर मगरको साथबाट ५ ग्राम २० मिलिग्राम लागुऔषध ब्राउनसुगर प्रहरीले बरामद गरेको थियो ।
यसैगरी, लागुऔषध ब्राउनसुगर ओसारपसार तथा बिक्री वितरणमा संलग्न झापा बुद्धशान्ति गाँउपालिका २ का २४ वर्षीय रोशन उपरकोटीलाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।