समाज

दमकबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

By admin

March 21, 2024

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दमकमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दमक नगरपालिका ५ बस्ने ४४ वर्षीय यादव राई र वडा नम्बर ८ बस्ने २६ वर्षीय मनोज बोहोरा रहेका छन् ।

 

आज दिउँसो १२ः३० बजेको समयमा दमक ५ स्थित कामक्षा होटलनजिक रहेको यादव राईको घरकोठामा लागूऔषध बिक्री वितरण हुँदैछ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घरकोठामा चेकजाँच गरेको थियो ।

 

त्यसक्रममा उनीहरुको साथबाट ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई लागूऔषध र नगदसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कार्वाहीको लागि इप्रका दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।