समाज

अर्जुनधारा जेसीजद्वारा मजदूरलाई सुरक्षा सामग्री वितरण

By admin

March 23, 2024

शनिश्चरे । अर्जुनधारा जेसीज शनिश्चरेले शनिबार मजदूरलक्षित सुरक्षा सामग्री वितरण गरिनुका साथै विभिन्न विषयमा जानकारीसहित असल अभिभावकसम्बन्धी एकदिने अभिमुखिकरण प्रदान गरेको छ ।

 

अर्जुनधारा ११ स्थित लक्ष्मीधापमा आयोजित साेही कार्यक्रममा ६५ जना मजदूरलाई सुरक्षा सामग्री गमबुट र ग्लाेब्स प्रदान गरिएको जेसीजका अध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिए । मजदूरहरूलाई अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनाम, सदस्यहरू केशव अधिकारी, सुशिला गिरी, पूर्णबहादुर राई, सीता कँडेल दर्जी र जेसीज अध्यक्ष बुढाथोकीलगायतले सुरक्षा सामग्री वितरण गरेका थिए ।

 

उनका अनुसार अर्जुनधारा ११ नम्बर वडाको सहयोगमा स्थानीय मजदूरहरुलाई मजदूरको हक, अधिकार, कानुनी व्यवस्थाबारे श्रम तथा रोजगार कार्यक्रम झापाका प्रमुख इ. सुलभ श्रेष्ठ, असल अभिभावकसम्बन्धी दमक जेसीजका पूर्वअध्यक्ष गोविन्द कट्टेलले सहजीकरण गरेका थिए ।

 

यसैगरी, म्यादी बिमासम्बन्धी सिनियर एजेन्सी म्यानेजर भीम कुँवरले सहजीकरण गरेको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनाम रहेका थिए ।

 

जेसीजका उपाध्यक्ष सागर घिमिरेले स्वागत गरेको कार्यक्रममा अर्जुनधारा ११ का वडा सदस्य पूर्णबहादुर राई, जिफन्टका नेता सन्तकुमार राईलगायतले आफ्ना भनाइ राखेका थिए ।