समाज

कनकाई नहरमा डुबेर १४ वर्षीय बालकको मृत्यु

By admin

March 25, 2024

झापा । झापामा नहरको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । सोमबार अन्दाजी २ः३० बजेको समयमा झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित श्रृष्टि टोलका १४ वर्षीय रविन प्रधानको मृत्यु भएको हो ।

 

उनको कनकाई सिंचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नहरले बगाएर सोही वडाको साइफनस्थित नहरमा रहेको फलाममा अड्किएको अवस्थामा प्रधानको लाश फेला परेको थियो ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार फलाममा अड्किएर पानीमा डुबेकोे अवस्थामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी गराउना साथ उक्त स्थानमा अनुसन्धान तथा कानुनी प्रकृयाको लागि झिलझिलेको प्रहरी टोली खटिएको थियो ।