समाज

झापाको झिलझिलेमा दुर्घटना हुँदा तीन जनाको मृत्यु

By admin

April 24, 2024

झापा । आज बिहान झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु मोटरसाइकलमा सवार थिए ।

 

बुधबार बिहान ५ः३० बजेको समयमा शिवसताक्षी ८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नम्बरको १५० सीसीको मोटरसाइकल र बिपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

 

मोटरसाइकलमा सवार तीन जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ ।

 

मृतकको तत्काल नाम, थर, वतन खुल्न सकेको छैन । दुई जना अन्दाजी २५ वर्षका र एक जना १६ वर्षको रहेको प्रहरीले जनाएको छ ।

 

मोटरसाइकल, बोलेरो, बोलेरो चालक मेचीनगर ६ बस्ने ४५ वर्षीय ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।