समाज

सामाजिक गतिविधि समेटिएको अर्जुनधारा जेसीजको क्यालेण्डर

By admin

April 26, 2024

शनिश्चरे । अर्जुनधारा जेसीज सन् २०२४ ले १०१ दिन पुगेको अवसर पारेर सामाजिक गतिविधि समेटिएको २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेको छ ।

 

जेसीज भवनमा बिहीबार अर्जुनधारा नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख पदमलाल राईलगायतले संयुक्तरुपमा अर्जुनधारा जेसीजको क्यालेण्डर सार्वजनिक गरेका हुन् । क्यालेण्डरमा जेसीजको नयाँ समिति आएको एक सय दिनभित्र गरिएका सामाजिक गतिविधि समेटिएको छ ।

 

जेसीजका अध्यक्ष बसन्त बुढाथोकीका अनुसार नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष भीम कुवर, अर्जनुधारा ५, टोल नम्बर १ का संयोजक शिवप्रसाद घिमिरे, टोल नम्बर ३ का संयोजक सिताराम थापा, अर्जुनधारा जेसीजका पूर्व अध्यक्ष प्रल्हाद ढुगाना, निर्वतमान अध्यक्ष प्रेमकुमार खड्काले क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

 

यसैबीच, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यका साथ अर्जुनधारा जलेश्वरधाम परिसरमा सेल्फी स्ट्याण्डसमेत राखिएको जेसीजका अध्यक्ष बुढाथोकीले जानकारी दिए ।