समाज

इलाम: विजयी जुलुसको पिकअप पल्टिँदा १९ जना घाइते

By admin

April 30, 2024

इलाम । नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङको विजयी जुलुसमा सहभागी भई फर्किनेक्रममा पिकअप दुर्घटना हुँदा इलाममा १९ जना घाइते भएका छन् ।

 

आज साँझ ५ः१५ बजे इलाम ५ बिब्ल्याटेस्थित मेची राजमार्गको चोकबजारमा भएको विजयी सभामा सहभागी भई फर्कने क्रममा को. २ च ४४७ नम्बरको पिकअप घुम्तीमा आफैँ अनियन्त्रित भई पल्टिएको थियो ।

 

दुर्घटनामा इलाम ५ की ३६ वर्षीया तुलसा ढकाल, ६२ वर्षीय रामचन्द्र खनाल, ४२ वर्षीया राधिका खनाल, ६६ वर्षीय लेखनाथ खनाल ३६ वर्षीया दुर्गादेवी घिमिरे, ३८ वर्षीया दिक्षा आचार्य, ४८ वर्षीय कृष्ण घिमिरे, ३५ वर्षीया लिलादेवी चापागाँई घाइते भएका छन् । उनीहरुको झापास्थित विर्तासिटी अस्पताल झापा रेफर गरिएको छ ।

 

यसैगरी, ६६ वर्षीय नगप्रसाद तिवारी, ६८ वर्षीय वासुदेव खनालको अवस्था गम्भीर भएकाले झापा रेफर गरिएको प्रहरीले जनाएको छ । यस्तै, १५ वर्षीया अन्जु बजगाँई, २० वर्षीया निरुता ढकाल, ५० वर्षीय प्रकाश सोङ्मि, ५३ वर्षीय वेदप्रसाद रिजाल, ७५ वर्षीया लक्ष्मी आचार्य, ५७ वर्षीइ सूर्यप्रसाद दुलालको अवस्था पनि गम्भीर भएकाले थप उपचारको लागि विर्तासिटी अस्पताल झापामा रेफर गरिएको प्रहरीले जनाएको छ ।

 

यस्तै, सामान्य अवस्थाकी ५० वर्षीया लक्ष्मी दुलाल, २० वर्षीया प्रिति ढुङ्गाना, सन्दकपुर गाउँपालिका १ का ४० वर्षीय रमेश राईको इलाम अस्पतालमा उपचार भइरहेको छ । चालक इलाम ५ का ३१ वर्षीय राजन खत्री र पिकअप जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले बताएका छन् ।