समाज

अर्जुनधारा ८ का अशक्तलाई घरमै राष्ट्रिय परिचयपत्र

By admin

May 03, 2024

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाको ८ नम्बर वडा कार्यालयले बिरामी र अशक्त भएका वडाबासीको घरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ ।

 

८ नम्बर वडाध्यक्ष कुमारप्रसाद उप्रेतीसहित कर्मचारीको टोलीले बिरामी भएर घरमै औषधि उपचार गराइरहेका वडाबासीको घरमा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको हो ।

 

वडा कार्यालयले यसअघि पाँच वटा टोलमा पुगेर परिचयपत्र वितरण गरेको थियो । ३ हजार ३ सयभन्दा बढी वडाबासीले परिचयपत्रका लागि आवेदन दिए पनि १ हजार ६५० जनाको मात्र परिचयपत्र आएको कार्यालयले जनाएको छ ।

 

अर्जुनधारा नगरपालिकाका ११ वटै वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र वितरण भइरहेको छ । यसैबीच, १ नम्बर वडा कार्यालयले वडाबासीको सुविधाका लागि टोल टोलमै गएर परिचयपत्र वितरण गरिरहेको छ ।