झापा । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त कपडा बरामद गरेको हो ।
झापाको मेचीनगरस्थित प्रहरी चौकी तिरिङ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङबाट खटिएका संयुक्त टोलीले बिहीबार बिहान ६ बजे मेचीनगर नगरपालिका १ स्थित भालुखोपबाट उक्त मूल्यबराबरको कपडा बरामद गरेको हो ।
भन्सार छलेर भित्राइएको १० वटा बोराभित्र पर्दा कपडा १ हजार ७५८ पिस र मोजा ३७८ पिस रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । बरामद कपडा मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।