बिर्तामोड । झापाको बिर्तामोडमा ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड ४ का बिकु राजवंशी रहेका छन् ।
आज दिउँसो १ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित आदर्श ब्यांक्वेट अगाडि उत्तरदक्षिण सडकखण्डमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले शंकास्पद लागेर बिर्तामोड ४ का २५ वर्षीय बिकु राजवंशीको शरीर खानतलासी गरेको थियो ।
पुरानो भद्रपुररोड पर्ने सडकखण्डमा फेला परेपछि खानतलासीका क्रममा उनले लगाएको पेन्टको दाहिने गोजीबाट शिखर चुरोटको खोलभित्र स-साना पोकामा २ ग्राम २५० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।