समाज

इलाम दानाबारीका उमेश ब्राउन सुगरसहित पक्राउ

By admin

May 14, 2024

बिर्तामोड । इलाम दानाबारीका एकजना युवा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित मेची पुलबाट पक्राउ परेका छन् ।

 

प्रहरीका अनुसार आइतबार राति ९ बजेतिर मेचीनगर नगरपालिका ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले इलाम माई नगरपालिका ४ स्थित दानाबारी बस्ने ३१ वर्षीय उमेश शेर्पालाई पक्राउ गरेको हो ।

 

ताप्लेजुङ मैवाखोला गाउँपालिका ४ स्थायी ठेगाना भएका शेर्पा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ प्रदेश १-०१-००२ ह ७९७ नम्बरको अटो टेम्पोका चालक हुन् । उनलाई रोकी शंका लागि चेक जाँच गर्दा लागूऔषध प्लाष्टिकसहित ५ ग्राम १९० मिलिग्राम बरामद भएको थियो ।

 

लागुऔषध, अटोसहित निजलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।