खेलकुद

झापा लिगः मनास्लु र दमक भाङबारी रेलिगेशनमा

By admin

May 14, 2024

शनिश्चरे । झापाको अर्जुनधारामा जारी झापा जिल्लास्तरीय ए डिभिजन लिगमा बुधबारको खेलबाट अर्जुनधाराको मनास्लु युथ क्लब र दमक भाङबारी एफसी रेलिगेशनमा परेका छन् ।

 

नमुना खेलमैदानमा भएको पहिलो खेलमा दमक भाङबारी स्पोर्टिङ एफसीलाई न्यू स्टार क्लबले ४-० गोलअन्तरले पराजित गर्यो । तीन खेल खेलेर १ अंकमात्र जोडेको दमक भाङबारी स्पोर्टिङ एफसी पुच्छारबाट दोस्रो स्थानमा रहँदै रेलिगेशनमा परेको हो ।

 

यस्तै, दोस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी शनिश्चरे एफसीले मनास्लु युथ क्लबलाई ५-० गोलअन्तरले पराजित गर्यो । अंकविहीन मनास्लुको तेस्रो हारसँगै तालिकाको पुच्छारमा रहँदै झापा लिगमा दुःखद् अन्त्य गरेको छ ।

 

दमक भाङबारी स्पोर्टिङ युथ क्लब र मनास्लु युथ क्लब रेलिगेशनमा पर्दै बी डिभिजनमा झरेका छन् । बुधबार काँकरभिट्टाले सैनिकसँग र गोर्खा स्पोर्टिङले धाइजन चारआलीसँग अन्तिम खेल खेल्नेछन् ।

 

पहिलो खेलको म्यान अफ दी म्याच न्यू स्टारका करण लिम्बू भए भने दोस्रो खेलमा शनिश्चरे एफसीका सविन योङहाङ बने । उनीहरुले नगद पुरस्कार पाएका छन् ।

 

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’का अनुसार भोलि बुधबार लिगको समूह विजेता छनौट हुनेछ भने रेलिगेशनमा परेका दुई टाली घटुवा हुँदै बी डिभिजनमा झरेका छन् ।

 

झापा जिल्लास्तरीय ए डिभिजन लिगमा झापाका ८ वटा टोली सहभागी छन् । लिग च्याम्पियन टोलीले नगद ५० हजार र उपविजेता टोलीले नगद ३० हजार पाउने छन् ।