समाज

बिर्तामोडमा परालको थुप्रोमा बेवारिसे शव फेला

By admin

May 17, 2024

बिर्तामोड । झापाको बिर्तामोडमा परालको थुप्रोमा एक बेवारिसे शव फेला परेको छ । बिर्तामोड ४ मा बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।

 

बिर्तामोड ३ को आदर्श चोकदेखि उत्तर जाने ग्राभेल सडकको पश्चिमपट्टि खेतको बीचमा रहेको परालको थुप्रोमा अन्दाजी वर्ष ५५–६०का व्यक्तिको बेवारिसे शव आज दिउँसो फेला परेको हो ।

 

शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मागिखाई हिँड्ने व्यक्ति मृत फेला परेको स्थानीयले बताएका छन् । मृतक बिर्तामोड ६ का कुर्मी थरका व्यक्ति भएको बताइए पनि त्यहाँ गएर बुझ्दा पुष्टि नभएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

 

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले जानकारी दिएका छन् । बिरामी रहेका ती व्यक्तिको अत्यधिक गर्मीका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।