समाज

मौसमः पहाडी भेगको केही ठाउँमा वर्षाको सम्भावना

By admin

May 19, 2024

झापा । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित सामान्य पानी परिरहेको छ ।

 

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रको केही ठाउँमा बदली र वर्षा भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

 

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक-दुई ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित सामान्य पानी पर्ने सम्भावना छ ।

 

देशको उच्च पहाडी तथा हिमाली भागका एक-दुई ठाउँमा सामान्य हिमपातको सम्भावना पनि रहेको विभागको मौसम बुलेटिनमा उल्लेख छ । बदली र केही ठाउँमा वर्षाका कारण आज पूर्वी तराई र मध्यपहाडमा गर्मी केही घट्ने सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

 

हिजोको तुलनामा गर्मी बढ्ने सम्भावना कम भए पनि घट्ने सम्भावना पनि नदेखिएकोले गर्मीबाट बच्ने उपाय अपनाउनुपर्ने उनले बताए ।