समाज

मौसमः पूर्वका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

By admin

May 20, 2024

झापा । आज कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाकाअनुसार कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरुका साथै लुम्बिनी प्रदेश लगायत अरु पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा बिहानैदेखि हल्का पानी परिरहेको छ । पानी परेको ठाउँमा गर्मी घटेर शीतल भएको छ ।

 

यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागहरुका एक, दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।