झापा । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडालाई प्रवक्ताको जिम्वेवारी प्रदान गरिएको छ ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा बसेको बैठकले खतिवडालाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो । संघले गरेका विभिन्न व्यावसायिक गतिविधि, महत्वपूर्ण निर्णय र सूचना अब एकद्वार प्रणाली अपनाएर सार्वजनिक गरिने भएको छ ।
जसका लागि प्रवक्ता खतिवडालाई जिम्मेवारी दिइएको संघका अध्यक्ष न्यौपानेले बताए । खतिवडा मार्वल तथा टायल्स व्यवसायी हुन् । उनी मार्वल तथा टायल्स ब्यवसायी संघ झापाको संस्थापक अध्यक्षसमेत रहेका छन् ।