समाज

निन्दा खोलामा डुबेर एक युवाको मृत्यु

By admin

May 28, 2024

झापा । झापाको मेचीनगर ३ स्थित निन्दा खोलामा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगरका युवा छन् ।

 

दिउँसो १ बजेको समयमा मेचीनगर नगरपालिका ३ निन्दा खोलामा सोही वडाको बडाखाल बस्ने ४० वर्षीय धनराज भण्डारी पौडी खेल्न गएका थिए । त्यस क्रममा डुबेर बिहोस भएका भण्डारीलाई स्थानीयले देखेर उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।

 

प्रहरीका अनुसार उपचारका क्रममा दिउँसो २ः३४ बजे उनको मृत्यु भएको हो । अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षकको टोली खटिएको थियो । मृतक भण्डारी मेचीनगर ३ स्थित नवज्योति निमाविका शिक्षक भएको बताइएको छ ।