झापा । तीन साता लामो अनुसन्धानपछि प्रहरीले बिर्तामोडकी एक महिलाको हत्यामा संलग्न र हत्याको कारण पत्ता लगाउन सफल भएको छ । चोरी गर्न गएका छिमेकीहरुले नै बिर्तामोड ४ शिवनगर निवासी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्या गरेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय चन्द्रगढीमा आज दिउँसो पत्रकार सम्मेलन गरी विष्टको हत्यामा संलग्न पाँचै जनालाई सार्वजनिक गरिएको हो । घटनाका मतियार बिर्तामोड ४ का २३ वर्षीय महेश राजवंशी, घटनाका मुख्य प्रतिवादी तथा योजनाकार बिर्तामोड ४ कै २३ गंगाप्रसाद राजवंशी, गंगाप्रसादकी श्रीमती २० वर्षीया श्रीमती वर्षा राजवशी रहेका छन् ।
यसैगरी, चोरी गरेको गरगहना बेच्न सहयोग गर्ने बिर्तामोड ४ कै ३३ वर्षीय ज्याक भन्ने भगीरथ माझी र चोरीको सामान किन्ने अर्जुनधारा ६ स्थित हनुमान सुन-चाँदी पसलका सञ्चालक धनबहादुर कामीलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
गत वैशाख २५ गते अन्दाजी साँझ ६ बजेको समयमा बिर्तामोड ४ मा २३ वर्षीय महेश राजवंशी, गंगाप्रसाद राजवंशीको घरमा गई चोरी गर्न जाने योजना बनाई अन्दाजी राति ९ बजेको समयमा घरबाट सिटी सफारीमा टायर खोल्न प्रयोग हुने फलामको मार्तोल र रेञ्च थान ३ (पछि घटनास्थलबाट बरामद भएको) गंगा राजवंशी र १ थान मार्तोल महेश राजवंशीले बोकी हिँडेको (अनुसन्धानका क्रममा गंगा राजवंशीको घरबाट बरामद गरिएको थियो।)