सूचना प्रविधि

माैसमः केही ठाउँमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

By admin

June 06, 2024

झापा । आज देशका केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाकाअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाँकी भूभागका एक-दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशका एक-दुई ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा र बाँकी प्रदेशका एक-दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

गएराति र बिहान काठमाण्डौसहित बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको थियो । भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाँकी भूभागका एक-दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

महाशाखाकाअनुसार नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।