झापा । इलामको चुलाचुली गाउँपालिका ४ स्थित ऐना पोखरीमा डुबेर स्थानीय १८ वर्षीया विनिता जोगीको मृत्यु भएको छ ।
बिहीबार अपराह्न स्थानीय मनबहादुर जोगीकी छोरी १८ वर्षीया विनिता जोगी, विष्णु लिम्बूकी छोरी १८ वर्षीया रोजिना साम्बा लिम्बू र उनकै बहिनी १७ वर्षीया रोशा साम्बा लिम्बू ऐना पोखरीको डिलमा बसेर पोखरीको पानी खेलाउँदै थिए ।
पानी खेलाउँदै गरेको अवस्थामा रोजिना डिलबाट चिप्लिएर पोखरीमा खसेकी थिइन् । उनलाई हातमा समातेर निकाल्ने क्रममा विनिता एक्कासी हुत्तिएर पोखरीमा पसेको र उनको डुबेर मृत्यु जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।