इलाम । इलाम जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) आएकी छन् । इलामको ४८औं प्रमुख जिल्ला अधिकारीका रुपमा कल्पना श्रेष्ठ आएकी हुन् ।
श्रेष्ठलाई शुक्रबार कर्मचारी ट्रेड युनियनहरुले कार्यालयमा स्वागत गरे। स्वागतका लागि उपस्थित भएका कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रजिअ श्रेष्ठले जुन, जुन निकाय र स्थानमा खटिएका राष्ट्रसेवक कर्मचारीले कर्तव्यनिष्ठ भएर काम गर्न आग्रह गरिन् ।