झापा । झापाको शिवसताक्षी नगरपालिकामा २ जना नाबालकसहित आमा मृत अवस्थामा फेला परेकी छन् ।
शिवसताक्षी ३ नम्बर वडास्थित भोटेपुलमा आज बिहान एकैघरका दुई बालकसहित तीनजना मृत फेला परेका हुन् ।
सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका विशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन् ।
अन्जली झुन्डिएको अवस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।