बिर्तामोड । झापा कनकाई नगरपालिका ६ नम्बरका वडाध्यक्ष दिर्घबहादुर थापाको ६६ वर्षको उमेरमा आइतबार बिहान १ः ५० बजे निधन भएको छ ।
थापा लामो समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित रहेका थियोए । थापाको निधनपछि नगरपालिका कार्यालय र सबै वडा कार्यालयहरु बिदा दिइने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।
थापाको पार्थिक शरीरलाई आइतबार बिहान १ घण्टा वडा कार्यालयमा अन्तिम श्रञ्द्धाजलिका लागि राखिने नगरप्रमुख पोखरेलले बताएका छन् ।