समाज

बिर्तामोडको होटलमा इलामका शेर्पा मृत फेला

By admin

June 16, 2024

बिर्तामोड । झापा बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथीभरा होटल एण्ड लजमा एक व्यक्ति मृत फेला परेका छन् ।

 

इलाम सूर्योदय नगरपालिका वडा नं ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन् । मलेसियाबाट फर्केर उनी जेठ २८ गतेदेखि सो होटलमा बसेका थिए ।

 

होटलको बन्द कोठाभित्रबाट दुर्गन्ध आएपछि हिजो बेलुका ढोका फोडेर हेर्दा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

 

शेर्पाले केहीदिन अगाडि नै झुन्डिएको हुनसक्ने आशंका गरिएको छ । मृतक शेर्पाका श्रीमती र नाबालक सन्तान रहेको बताइएको छ ।