खेलकुद

झापा प्रदेशस्तरीय पुरुष फुटबलको सेमिफाइनलमा

By admin

June 19, 2024

तेह्रथुम । झापाको फुटबल टिम तेह्रथुमको म्याङलुङ रंगशालामा जारी कोशी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

अन्तिम क्वाटरफाइनलमा आज झापाले सुनसरीमाथि शानदार जित दर्ता गरेको हो । प्रिक्वाटरफाइनल खेलमा झापाले ताप्लेजुङलाई ३-२ गोलअन्तरले पराजित गरेको थियो ।

 

१४ टीम सहभागी प्रतियोगितामा सोझै बाइ पाएर क्वाटरफाइनल खेलेको सुनसरीको टिमलाई आज ३-० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । झापाले अब सेमिफाइनलमा ओखलढुंगासँग खेल्नेछ ।

 

झापाको जितमा खमिर गिल्सन कन्दङवाले २ गोल गरे भने १ गोल प्रदिप बुढाथोकीको नाममा रह्यो । असार ३ गते सुरु भएको प्रतियोगिताको फाइनल खेल ८ गते हुनेछ ।

 

प्रदेशका १४ टीम सहभागी प्रतियोगिताको विजेताले ३ लाख ३३ हजार ३३३ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २२२ रुपैया प्राप्त गर्नेछ।