समाज

ब्राउन सुगरसहित दमक र कमलका युवा पक्राउ

By admin

June 25, 2024

झापा । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ कुञ्जिवारीस्थित हुलाकी राजमार्गमा ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।

 

हिजो दिउँसो १ः४५ बजेको समयमा कुञ्जिवारीस्थित हुलाकी राजमार्गमा प्रहरी चौकी कुञ्जिवारीबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका १ का ३० वर्षीय उद्धव भट्टराई र दमक ५ का २६ वर्षीय इन्द्रप्रसाद तिम्सिनालाई पक्राउ गरेको हो ।

 

उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा भट्टराईले लगाएको जुत्ताभित्र लुकाइराखेको ६ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।