समाज

झापाको कमलमा चट्याङले लागेर एकजनाको मृत्यु

By admin

June 25, 2024

झापा । झापाको कमल गाउँपालिकामा चट्याङले लागेर आज बिहान एकजनाको मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा कमल गाउँपालिका वडा नम्वर २ समाईगढ बस्ने ४६ वर्षीय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको हो ।

 

आफ्नै घरबाट खेततर्फ जाने क्रममा अचानक परेको चट्याङले लागेर घाइते भएका खड्कालाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएको थियो । बिहान ७ः४५ बजे अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।