समाज

मेचीनगरको फुलवासा खोलामा डुबेर बालकको मृत्यु

By admin

June 26, 2024

झापा । झापाको मेचीनगरस्थित फुलवासा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा घरदेखि अन्दाजी ३०० मिटर पूर्वमा रहेको फुलवासा खोलामा ती बालक डुबेका थिए ।

 

हिजो साँझ अन्दाजी ७ः३० बजेको समयमा मेचीनगर नगरपालिका १४ नमुना टोल बस्ने बामरा सन्थालका २० महिनाका छोरा रिहान सन्थालको फुलवासा खोलामा डुबेर मृत्यु भएको हो ।

 

कानुनी प्रकृया पूरा गरी बालकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।