समाज

झापाको कचनकवलमा सर्पले टोकेर बालिकाको मृत्यु

By admin

June 26, 2024

झापा । झापाको कचनकवल ३ गंगाबस्तीमा विषालु सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । हिजो साँझ ५ः३० बजेको समयमा कचनकवल गाउँपलिका ३ गंगाबस्तीमा बालिकालाई सर्पले डसेको थियो ।

 

प्रहरीका अनुसार हरिप्रसाद राजवंशीकी १२ वर्षीया मनिषा राजवंशीलाई आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा कालो गोमन सर्पले टोकेको थियो । बालिकालाई बनियानी सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

स्वर्णिम शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत ती बालिका परीक्षाको तयारीका लागि टेबल निकालेर पढ्न लागेकी थिइन् । बालिकालाई टोकेको कालो गोमनलाई भण्डार कोठा सफा गरी मारिएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए ।