शनिश्चरे । नेपाल सुनचाँदी व्यवसायी संघ अर्जुनधारा शाखाको नयाँ नेतृत्व चयन भएको छ । पुराना व्यवसायी सन्तोष रसाइलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
शनिश्चरेमा बुधबार भएको भेलाबाट रसाइलीको अध्यक्षतामा सात सदस्यीय नयाँ समिति गठन भएको हो । जसको उपाध्यक्षमा राजु लकान्द्री, सचिवमा कृष्ण लोहार र कोषाध्यक्षमा भानुभक्त रसाइली (निरज) सर्वसम्मतरुपमा चयन भएका छन् ।
यसैगरी, भवानीविक्रम रसाइली, राजकुमारी विश्वकर्मा र चन्दन गुप्ता संघको सदस्यमा चयन भएका छन् । संघका अध्यक्ष विनोद खातीको अध्यक्षतामा भएको कार्यक्रम सचिव नरेन खातीले सञ्चालन गरेका थिए ।
व्यवसायीबाट आफ्ना ग्राहकलाई विना रसायनका शुद्ध र गुणस्तरीय आधुनिक तथा विभिन्न जातजातिका परम्परागत गरगहना बनाउन लक्ष्य राखेको नवनिर्वाचित सचिव कृष्ण लोहारले जानकारी दिए ।
यसैगरी, संघले व्यावसायिक हकहितको काम गर्दै आम्दानी गरेको केही प्रतिशत रकम अर्जुनधारा नगरभित्र सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरेको पनि सचिव लोहारले बताए ।