समाज

गौरीगञ्जमा खोलाले बगाउँदा एक बालक बेपता

By admin

June 27, 2024

झापा । झापाको गौरीगञ्ज वडा नं १ स्थित कमल बनियानी खोलाले बगाउँदा एक बालक बेपता भएका छन् । बेपता हुनेमा झोलुंगे टोलका वेद बिकका १३ वर्षीय छोरा मिलन बिक रहेको वडाध्यक्ष कात्तिकलाल राजवंशीले बताए ।

 

हिजो साँझ ६ बजेतिर साथीहरुसँग खोला तर्ने क्रममा ती बालकलाई खोलाले बगाएको स्थानीयले बताएका छन् । गोल खेलेर फर्कने क्रममा अन्य सात-आठ जना साथीसँग उनी खोलामा पौडी खेल्न पसेका थिए। सोही क्रममा उनलाई खोलाले बगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

 

‘अरु साथीहरू खोलाबाट निस्के तर, मिलन निस्कन सकेनन्’, खोलाबाट निस्किएका अन्य बालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ। अहिले उनको खोजीमा स्थानीयबासी र प्रहरी खटिएका छन् । राति अबेरसम्म कमल बनियानी खोलामा बेपत्ता बालक फेला नपरेपछि आज बिहानैदेखि उनको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।