समाज

भद्रपुरमा सिक्कल प्रहार गरी एक बृद्धाको हत्या

By admin

June 28, 2024

बिर्तामोड । झापाको भद्रपुरमा धारिलो हतियार सिक्कल प्रहार गरी एक वृद्धाको हत्या भएको छ । हत्या गर्ने भद्रपुर २ पृथ्वीनगरस्थित डिगाउँका अन्दाजी ४० वर्षीय राजेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार शुक्रबार दिउँसो साढे ३ बजेको समयमा राजेशले सोही ठाउँका ७० वर्षीया गौरीमाया तामाङको घाँटीको दाहिने भागमा सिक्कल प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

 

बृद्धा गौरीमाया राजेशकै घरमा उनको दिदीसँग गफगाफ गरी बसिरहेका थिए । सोही बेला राजेशले उनीमाथि एक्कासी सिक्कल प्रहार गरेको स्थानीयले बताएका छन् । घटनाको कारण नखुले पनि राजेशको मानसिक अवस्था ठिक नभएको स्थानीयको भनाइ छ ।