अन्तराष्ट्रिय

इलामका राईसहित भारतको मेघालयमा चार जनाको विभत्स हत्या

By admin

July 07, 2024

झापा । भारतको मेघालयमा ४ जना जनाको घाँटी रेटेर हत्या भएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको विभत्स हत्या भएको हो ।

 

सो घटना मेघालय राज्यअन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरेजस्तो देखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा रहेको बताइएको छ ।

 

मारिने ४ जनामध्ये दुई जनाको पहिचान खुलेको छ । इलामका २३ वर्षीय रवि राईको पहिचान खुलेको पुलिस सुपरिटेन्डेन्ट गिरी प्रसादले बताए । त्यस्तै अर्का मृतक जयन्तिया हिल्स बस्ने स्थानीय ३३ वर्षीय नासर किन्देत रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

 

अरु मृतक पनि नेपालको हुनसक्ने बताइए पनि उनीहरुको पहिचान खुलिसकेको छैन । ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएको बताइएको छ ।