समाज

मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

By admin

July 09, 2024

झापा । गएराति देशका पूर्वी र मध्य क्षेत्रमा ठूलो पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार पछिल्लो ६ घण्टामा मोरङको केराबारीमा सबैभन्दा धेरै ८३ मिलिमिटर र सिन्धुपाल्चोकको बाह्रबिसेमा ८० मिलिमिटर पानी परेको छ ।

 

यस्तै, झापा, मोरङ, सुनसरी, सिराहा, सिन्धुली, उदयपुर, गोरखा, कास्की, कपिलवस्तु र दाङमा ठूलो पानी परेको छ । तर, हिजो दिउँसोदेखि भने देशका सबैजसो नदीमा पानीको बहाव कम भएको छ । अहिले कुनै पनि नदी र खोला सतर्कताको तहमा नपुगेका विभागले जनाएको छ ।

 

हिजोदेखि मनसुन विस्तारै निष्कृय हुन थालेको छ । अब देशका सबैजसो भूभागमा एकै पटक वर्षा कम हुने विभागको अनुमान छ । तर, केही केही ठाउँमा भने ठूलो वर्षा पनि हुने सम्भावना छ ।

 

अहिले देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको एक, दुई स्थानमा हल्का बर्षा भइरहेको छ ।

 

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक, दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।