समाज

गौरादहमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

By admin

July 11, 2024

झापा । झापाको गौरादह १ सितापुरीस्थित पाडाजुँगी-गौरीगंज सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

 

आज बिहानको राति १ बजे सितापुरीस्थित पाडाजुँगी-गौरीगंज सडकखण्डमा पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु. ९ प १२७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको पूर्व दिशामा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो ।

 

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार भारत झारखण्ड जिल्ला गोडा स्थायी ठेगाना भएका ४१ वर्षीय कमल ठाकुरको मृत्यु भएको हो । टाउकोमा चोट लागेर ठाकुरलाई निम्स अस्पताल दमकमा ल्याई उपचार भइरहेकोमा चिकित्सकले बिहान २ः३० बजे मृत घोषणा गरेका थिए ।

 

मोटरसाइकल चालक गौरादह १ बस्ने ३३ वर्षीय गोपाल ठाकुरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । चालकले मादक पदार्थ सेवन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।