समाज

कचनकवलमा गाउँ पसेको हरिणको उद्धार गर्दागर्दै मृत्यु

By admin

July 12, 2024

झापा । झापाको कचनकवलमा उद्धारको क्रममा एउटा जंगली हरिण मरेको छ । हिजो साँझ बस्तीमा छिरेको हरिणलाई समातेर वन समितिलाई बुझाउन खोज्दा मरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

 

हिजो साँझ ६ः२५ बजेको समयमा कचनकवल गाउँपालिका ७ बालुवाडीमा रहेको दिपज्योति सामुदायिक वनबाट निस्किएको करिब अन्दाजी १०० केजीको हरिण कचनकवल ७ बालुवाडीस्थित गोबरधन बस्तीतर्फ प्रवेश गर्दा स्थानीयले समातेका थिए ।

 

दीपज्योति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि लिम्बू आफैँले आफ्नो ट्रयाक्टरमा बोकी डिभिजन वन कार्यालयको निर्देशनअनुसार कचनकवल ३ स्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समितिलाई जिम्मा दिनका लागि लैजाने क्रममा बाटोमा नै सो हरिण मरेको बताइएको छ ।