समाज

मौसमः आज पूर्वका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

By admin

July 14, 2024

झापा । आज दिउँसो कोशी र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

देशभरको मौसम सामान्यदेखि कतै पूर्ण बदली छ । तर, कोशी र गण्डकीका एक, दुई ठाउँबाहेक अरू ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतर्फ अर्थात् नेपालभन्दा पर रहेकोले मनसुन सामान्यमात्रै सक्रिय हुने महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।

 

यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा मेघ गर्जन, चट्याङ्गसहित सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

आउँदो तीन दिनसम्म मनसुन सामान्य सक्रिय मात्रै रहने छ । तर, यसअघि धेरै पानी परेकाले सामान्य वर्षामा पनि बाढी, पहिरो लगायतका जोखिम हुने भएकोले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।