समाज

बिर्तामोडका विवेक र सरोज ब्राउन सुगरसहित पक्राउ

By admin

July 16, 2024

भद्रपुर। झापाको बिर्तामोडबाट हिजो दिउँसो प्रहरीले लागूऔषध ब्राउन सुगरसहित स्थानीय दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ३ का १९ वर्षीय विवेक खड्का र २१ वर्षीय सरोज चौधरी रहेका छन् ।

 

उनीहरुलाई भद्रपुर नगरपालिका ५ स्थित मेची पुलबाट २७० मिलिग्राम ब्राउन सुगरसहित मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।