समाज

झापाको शनिश्चरे क्षेत्रमा ठूलो वर्षा

By admin

July 18, 2024

अर्जुनधारा । देशका केही ठाउँमा रातिदेखि पानी पर्ने क्रममा पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै झापाको शनिश्चरेमा ९८ मिलिमिटर पानी परेको छ । शनिश्चरे वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा १००.८ मिलिमिटर वर्षा भएको जनाइएको छ ।

 

शनिश्चरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा हल्कादेखि ठूलो वर्षा भएको, त्यस क्षेत्र भइ बहने बिरिङ, अंधुवा र अरु स-साना खोलामा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

झापाकै निन्दा खोलामा पानीको सतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मेची जलाधार क्षेत्रको निन्दा खोलाको बाढीले खतराको तह पार गरेपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।