समाज

बगाएर ल्याउँदै गरेको चिरान काठ नियन्त्रणमा

By admin

July 19, 2024

झापा । वर्षाको मौसमको फाइदा उठाउँदै कन्काई नदीमा बगाएर तस्करले ल्याउँदै गरेको चिरान काठ प्रहरीले बरामद गरेको छ ।

 

आज बिहान अन्दाजी ४ः३० बजेको समयमा शिवसताक्षी १० स्थित कन्काई नदीमा गाडीको ट्यूबमा बाँधेर अवैधरुपमा चिरान काठ बगाई ल्याइरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोली र गैँडे सामुदायिक वन उपभोक्ता समितिसहितको टोलीले खोजी गरेको थियो ।

 

त्यसक्रममा अन्दाजी ५७ हजार बराबरको १९ क्यूफिट चिरान काठ फेला परेको थियो । काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गैँडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।